birat ribon

बख्तरबन्दसहित सडकमा निस्किँदै नेपाली सेना

Neuro
बख्तरबन्दसहित सडकमा निस्किँदै नेपाली सेना

विराटनगर / नेपाली सेना युद्धमा प्रयोग गरिने बख्तरबन्द गाडीसहित सडकमा निस्किने भएको छ । सेनाले बख्तरबन्द गाडीसहित माघ १९ गते सोमबार राति काठमाडौँ चक्रपथ परिक्रमा गर्नेछ भने माघ २१ गते बुधबार देशका विभिन्न सडकमा बख्तरबन्द गाडीहरू देखिनेछन् ।

Padelux insider
cura insider

सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले नेपाली सेना नियमित अभ्यास योजनाअन्तर्गत सडकमा निस्किन लागेको जनाएका छन् । उनले आइतबार एनए स्पोकपर्सन ट्विटर–हेन्डलमार्फत ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रवक्ता पौड्यालका अनुसार सेनाका आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न भागमा बख्तरबन्द गाडीहरू अभ्यासका लागि निस्किने छन् ।

नेपाली सेनाले नियमित अभ्यासका लागि सडकमा आउन लागेको बताए पनि राजनीतिक जटिलता र द्वन्द्व बढ्दै गएको वर्तमान अवस्थामा सेना हातहतियारसहित पृतनाबाहिर आउनु अर्थपूर्ण रहेको सुरक्षा जानकारहरूको टिप्पणी छ । सुरक्षा–बिटमा कलम चलाउँदै आएका पत्रकार विनोद ढकालका अनुसार राजदरबारअगाडि विशेष सुरक्षा–घेराबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभा गर्ने तयारीबीच सेनाले आफ्नो उपस्थितिको सार्वजनिक जनाउ दिनुलाई संयोगमात्र मान्न सकिन्न ।

हिन्दु सापेक्षतावादी जनमत आकर्षित गर्न प्रधानमन्त्रीबाट भइरहेको गतिविधिका कारण उत्पन्न हुनसक्ने परिस्थिति नियन्त्रणका लागि विशेष सुरक्षा–दस्ता आवश्यक हुने आँकलन सुरक्षा–वृत्तमा भइरहेको ढकालले बताए ।

jackson ribon