birat ribon

पार्टीभित्रैबाट छापामार शैलीमा पृथक अभ्यास भएपछि संसद् विघटन : अर्थमन्त्री पौडेल

Neuro
पार्टीभित्रैबाट छापामार शैलीमा पृथक अभ्यास भएपछि संसद् विघटन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वर्द्धन सशक्तीकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा बोल्दै आर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानभन्दा पृथक खालका अभ्यासहरू गर्ने षडयन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले बताए । उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताए ।

संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क गरे ।
सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरू गरिरहँदा ती कामहरूलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टीभित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरू भएको पनि बताए ।

jackson ribon