birat ribon

सभामुख सापकोटाद्वारा संवैधानिक निकायका नियुक्ति फिर्ता, निर्णय प्रक्रियाको वैधानिकतामाथि प्रश्न

Neuro
सभामुख सापकोटाद्वारा संवैधानिक निकायका नियुक्ति फिर्ता, निर्णय प्रक्रियाको वैधानिकतामाथि प्रश्न

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरूमा नियुक्तिका लागि गरेको सिफारिसलाई फिर्ता पठाएको छ ।

Padelux insider
cura insider

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाई समितिको कार्यविधि स्वतः समाप्त हुने र नियुक्तिको सिफारिससम्बन्धी पत्रहरू प्रतिनिधिसभा विघटनपछि मात्रै सचिवालयमा प्राप्त भएकाले ती सबै सिफारिससम्बन्धी पत्रहरूलाई फिर्ता पठाइएको सचिवालयले जनाएको छ ।

संबैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि ऐन २०६६ मा व्यवस्था भएको भन्दा फरक किसिमले अध्यादेश जारी गरिएको, परिषद्का सदस्य रहेका सभामुखलाई जानकारी नै नदिई बैठक बसेको अवस्थामा सिफारिस गरिएको तथा विगतमा पनि ससंदीय सुनुवाई समिति बहाल नरहेको अवस्थामा संसदीय सनुवाईका लागि सिफारिस भई आएका निर्णय र पत्रहरू सम्बन्धित निकायमा फिर्ता पठाएको नजिर रहेकाले सो नजिरलाई पनि सिफारिस फिर्ताको आधार बनाइएको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

jackson ribon