birat ribon

गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि

Neuro
गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि

काठमाडौँ/लोकबिजय अधिकारी कुनै बेला अत्यधिक सुनिएको नाम हो । यो नाम नसुन्ने व्यक्ति सायदै होला । २०७२ मा गएको महाविनाशकारी भूकम्पपछि यो नाम निकै चर्चामा थियो ।

Padelux insider
cura insider

नेपालका सारा मिडियाहरूले यो नाम सयौँपटक छापे, फुके । किनकि भूकम्पका बेला उनी राष्ट्रिय भूकम्प मापन केन्द्रको प्रमुख थिए । मिनेट–मिनेटमा पत्रकारहरूका प्रश्नको जवाफ उनी झिँजो नमानी दिन्थे भने भूकम्पको त्रासबाट विचलित आमनागरिकलाई उनी नआत्तिन र सावधानी अपनाउन सचेत गराउँथे । चौबिसै घन्टा खटिएर भए पनि उनले त्यतिबेला मुलुकबासीप्रतिको आफ्नो जिम्मेवारी निभाएका थिए ।

उनै अधिकारीले अहिले २०७२ को गोरखा भूकम्पकै विषयमा विद्यावारिधि गरेका छन् । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका हुन् ।

अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? अब, भूकम्प जान्छ कि जाँदैन सर ? यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरू हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ,’ अधिकारीले लेखेका छन् ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्पको तथ्यांकबारे विद्यावारिधि प्राप्त गरेको जानकारी दिए । अधिकारीले दुई दिनअघि यो उपाधि पाएका थिए ।

अधिकारीले गोरखा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको र यो भन्दा पहिला अध्ययन हुन सकेको विषय भएकाले भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकामा उनले खुसी व्यक्त गरेका छन् । उनले भूकम्पबारे सचेत रहन र पूर्वतयारी गर्न पनि आम समुदायमा आग्रह गरेका छन् ।

jackson ribon