birat ribon

उडुवा छेपारो (ड्राको)बारे पहिलो सूचना

Neuro
उडुवा छेपारो (ड्राको)बारे पहिलो सूचना

भीमा चोकबाट बाटो दम्स्याइलो तेर्साे छ पसल–भन्ज्याङसम्म । बाटोमा सोधखोज गर्दै अघि बढ्ने क्रममा हाल आम्चोक गाउँपालिका, साबिक थिनदिङ्खा गाउँ विकास समिति भोजपुरको पसल–भन्ज्याङछेउ पुग्यौँ । त्यहाँ सानो गाउँ र दोकानहरू साथै स्थानीय निकाय पालिका भवन छन् । तत्कालीन सांसद (हाल मुख्यमन्त्री, प्रदेश–१) शेरधन राईको घर त्यहीं पर्छ ।

Padelux insider
cura insider

ढिन्टाँड चौतारीबाट उधो लागेदेखि केदार दाइ, म र दुई फुच्चे भतिजहरू बाटाको दुवैतिर उभयचर तथा सरीसृपका नमुनाहरूमा आँखा घुमाउँदै हिँडिरहेका थियौँ । बाटामा नयाँ स्थानीय मान्छेसँग भेट्दा सोधखोज गर्ने र यदि चासो राखेमा भ्यागुतो, छेपारो, सर्प आदिको फोटोहरू देखाउँदै यस्तो जन्तु पाइने–नपाइने कुरा रेकर्ड गर्दै हिँड्थेँ ।

छयाङे जेठा दाइ एक प्रकारले पाहा विशेषज्ञ हो । पाहा पक्रने, पक्रेकोमध्ये बिऊ छाड्ने, पाहाका विभिन्न परिकार बनाउने, पाहाबाट औषधि बनाउने प्रविधि पनि उहाँ सबै जान्नुहुन्छ ।

यसरी हर्पेटोफाउनाका फोटो देखाउँदै र सोध्दै जाने क्रममा छयाङ्छीकी एउटी १४–१५ वर्षीया किशोरी निर्फुला खत्रीसँग भेट भयो । उनी फर्साइली र कक्षा नौसम्म पढेकी रहिछन् । मैले सबै फोटोहरू देखाउँदा एउटा छेपारोको फोटोलाई गढेर हेरिन् अनि यस्तो छेपारो माथि मुढे–डाँडामा पाइन्छ भनिन् । तिनीले छानेको फोटो उड्ने छेपारो (ड्राको)को थियो ।

उडुवा छेपारो । फ्लाइङ लाइजर । वैज्ञानिक नाम ड्राको स्पाइसिस्

यस्तो जबाफ सुन्दा म निकै उत्साहित हुँदै तिनलाई खेर्न थालेँ । मैले सोधेको हरेक प्रश्नको सहजै उत्तर दिँदै आफ्नै आँखाले देखेको कुरा बताइन् । तिनको भनाइअनुसार तिनी दिदीसँग घाँस काट्न त्यो मुढे–जङ्गलमा सधैँ जानुपर्ने र एक दिन घाँस लिएर फर्कँदा एउटा कटुसको फेदमा पुतलीजस्तै छेपारो टाँसिएर बसेको थियो, कचियाको टुप्पाले ठुङ्न खोज्दा उडेर गयो ।

मैले धेरै बेर कुरा गरेँ । ड्राकोको विभिन्न खाले फोटो देखाएँ । ती सबै आकृतिका फोटोहरू एकदम ठ्याक्कै मिलेको बताइन् । तिनको अवलोकन विवरण फिल्डनोटमा टिपेँ अनि तिनलाई धन्यवाद दिँदै बाटो लाग्यौँ । पछि त्यसबारे बृहत् योजना बनाई अध्ययन तथा अनुसन्धान गर्ने विचार गर्दै अघि बढ्यौँ ।

साँझ परिसकेको थियो । आकाश अघि नै धुम्मिइसकेको थियो । पानी पनि पर्न थाल्यो । नाति केटालाई उसको घर पहिल्यै पठाइसकेका थियौ । केदार दाइ र म पसल–भन्ज्याङकै एउटा दोकानभित्र पस्यौँ । जाडो भइरहेको थियो । अँगेनाछेउ बसेर चिया मगायौँ ।

पसल–भन्ज्याङ (एक हजार नौ सय मिटर) उहिलेदेखिकै यात्रुहरूको बास बस्ने थलो भएकाले बस्ने–खाने राम्रै व्यवस्था थियो । निकै साँझ परेपछि भतिजी र नाति हामीलाई लिन आइपुगे । त्यहाँबाट हामी छयाङ् गाउँतिर लाग्यौँ । आधा घन्टाजतिमा जङ्गलको बीचमा रहेको छयाङ गाउँ पुग्यौँ । खाना खाएर दाइहरू सुत्न गए ।

पूर्वी नेपालको मध्यपहाडी क्षेत्रमा स्थलगत अध्ययनका क्रममा लेखक

म घरमूली दाइ, छयाङे जेठा राईसँग पाहाबारे कुरा गर्न थालेँ । उहाँ एक प्रकारले पाहा विशेषज्ञ नै हो । पाहा पाइने ठाउँ, पाहाका प्रकार, फुल पार्ने विधि, बच्चा काढ्ने समय, हुर्केर परिपक्व बन्ने अवधि, भाले-पोथी छुट्याउने, फुल पार्ने तरिका आदि सबै थाहा छ उहाँलाई । पाहा पक्रने, पक्रेकोमध्ये बिऊ छाड्ने, पाहाका विभिन्न परिकार बनाउने, पाहाबाट औषधि बनाउने प्रविधि पनि उहाँ सबै जान्नुहुन्छ ।

मैले त्यो सबै जानकारी लिएँ । भविष्यमा हर्पेटोफाउना संरक्षणका लागि यो ठाउँ निकै उपयुक्त भएको टिप्पणी फिल्ड डायरीमा गरेँ ।

क्रमशः
मेरो अनुसन्धान यात्राबाट

jackson ribon