birat ribon

लोकविजय अधिकारीले गरे गोरखा भूकम्पको अध्ययनमा पिएचडी

Neuro
लोकविजय अधिकारीले गरे गोरखा भूकम्पको अध्ययनमा पिएचडी

काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको अध्ययनमा विद्यावारिधि गरेका छन् । विसं २०७२ को गोरखा भूकम्पपछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । उनै लोकविजयले आज भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि हासिल गरेका हुन् ।

Padelux insider
cura insider

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका हुन् ।

अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

May be an image of 6 people, people standing and text that says 'INSTITUT DE PHYSIQUE DU GLOBE DE PARIS'

उनले लेखेका छन्, ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? अब, भूकम्प जान्छ कि जाँदैन सर ? यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरू हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।’

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिष्ट अधिकारीले गोरखा भूकम्पको तथ्याङ्कबारे विद्यावारिधि प्राप्त गरेको जानकारी दिए । अधिकारीले दुई दिनअघि यो उपाधि पाएको हुन् ।

उनीसँगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गरेका थिए । रासस

jackson ribon