birat ribon

अत्यधिक धुम्रपान गर्नेहरू चाँडो बूढो देखिने

Neuro
अत्यधिक धुम्रपान गर्नेहरू चाँडो बूढो देखिने

विराटनगर/अत्यधिक धुम्रपान गर्नेहरू चाँडै बूढो देखिने अध्ययनले देखाएको छ ।

Padelux insider
cura insider

पिएलओएस जेनेटिक्समा प्रकाशित ब्रिस्टोल विश्वविद्यालयको अध्ययन प्रतिवेदनका अनुसार चुरोट बढी सेवन गर्नेहरूलाई स्मोकर्स फेस नामक साइड इफेक्ट हुन्छ जसकारण वास्तविक उमेरभन्दा बढी बुढो देखिने हुन्छ । केही व्यक्तिमा आनुवंशिक संस्करणको एक वा दुई प्रतिलिपि हुन्छ जुन अत्यधिक धुम्रपान वा सुर्तीको प्रयोगसँग सम्बन्धित छ ।

यसकारण उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो वा वंशाणुगत कारणले भएको हो भन्ने तथ्य वैज्ञानिकहरूले छुट्याउन सक्ने अध्ययनले जनाएको छ । अध्ययनका लागि कहिल्यै धुम्रमान नगरेका र अहिले धुम्रपान गरिरहने वा विगतमा गर्नेहरू गरी दुई समूहमा बाँडेर अध्ययन गरिएको थियो ।

अध्ययनमा धुम्रपान गर्ने र नगर्ने मानिसको बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्ने मानिस बढी बूढो देखिएको उल्लेख छ । बढी धुम्रपान गर्नेहरूमा छिट्टै बुढ्यौली देखिने समस्यासँगै फोक्सोको समस्या, छालामा क्यान्सर तथा स्वासप्रश्वासको समस्यालगायतमा अनेक समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ ।

अत्यधिक धुम्रपानले फोक्सोको स्वास्थ्यमा जस्तो धेरै प्रतिकूल प्रभाव पहिचान गर्नुका साथै अध्ययनले कम उमेरमा छालालाई छिट्टै बूढो बनाउने प्रभाव पनि पत्ता लगाएको अध्ययनका लेखक लुइस मिल्लार्ड बताउँछन् ।

jackson ribon