विराटनगर । देशभर आइतबार एक सय पाँच जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप एक सय पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार नौ सय ५९ पुगेको छ ।
नेपालमा आज थप दुई सय ८८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार तीन सय ३६ पुगेको छ ।
हाल दुई हजार पाँच सय ९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
आज थप दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २९ पुगेको छ ।