birat ribon

अत्यधिक स्क्रिन टाइमले बच्चामा मायोपिया निम्त्याउने

Neuro
अत्यधिक स्क्रिन टाइमले बच्चामा मायोपिया निम्त्याउने

विराटनगर/हालको समयमा धेरैजसो बच्चा अनलाइन क्लास लिइरहेका छन् । दिनको चार वा सोभन्दा धेरै समय क्लासका लागि स्क्रिनमा बिताइन्छ । त्यसको साथै, समय मिल्नासाथ बच्चाहरू मोबाइल तथा ल्यापटपमा गेम खेल्ने, टिभी हेर्ने गर्छन् ।

Padelux insider
cura insider

महामारीको सयमा अत्यधिक स्क्रिनमा समय बिताएका कारण बच्चा र वयस्कहरूले आँखाबाट पानी बग्ने, आँखा रातो हुने, पोल्ने तथा चिलाउनेलगायतका समस्या भएको गुनासो गरिरहेका छन् ।
बच्चाहरूलाई व्यस्त राख्न स्क्रिनमा समय बिताउन दिएको अनुमति सजिलो विकल्प जस्तो देखिन सक्छ । तर, यसले सोचेको भन्दा पनि बढी नोक्सान पु¥याइरहेको छ । बच्चाहरूमा अत्यधिक स्क्रिन टाइमले मायोपियामा (नजिकको देख्ने तर टाढाको बस्तु हेर्न समस्या हुने) वा धमिलो दृष्टिको वृद्धि भएको छ ।

दुई वर्षभन्दा कम उमेरका बच्चालाई सक्दो स्क्रिनबाट टाढा राख्नुपर्छ । कम उमेरमा स्क्रिनमा निर्भर भएमा बच्चाको विकास र बोलीमा ढिलाइ हुनसक्छ । यसले ध्यान र सामाजीकरणको प्रक्रियालाई पनि कम गर्छ । वयस्क बच्चालाई तीन घण्टाभन्दा बढी समय स्क्रिन अगाडि राख्नु हुँदैन ।

आँखाको समस्याबाट छुटकारा पाउनका लागि स्क्रिनमा बिताउने समयलाई सीमित गर्ने, एक स्वस्थ आहारको सेवन, सूर्यको किरणमा बस्नुपर्ने, नियमित आँखा जाँच गरेर आँखाको स्वास्थ्यमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । अनलाइन कक्षामा पढिरहेका बच्चाका लागि अभिभावकले केही परिवर्तन गर्न सके स्क्रिनबाट हुने हानिलाई कम गर्न सक्छ ।

सानो र उज्यालो स्क्रिन हटाउनुपर्छ । स्क्रिनमा समयमा बिताउने बेलामा उज्यालो कोठामा बस्नुपर्छ । मोबाइलको साटो डेस्कटप वा ल्यापटपको प्रयोग गर्नुपर्छ र स्क्रिनको ब्राइटनेस कम वा मध्यम राख्नुपर्छ । आँखामा हुने क्षति रोक्न निलो फिल्टर भएको चस्मा प्रयोग गर्न सकिन्छ ।

कर्मचारीहरूलाई आँखालाई तनावबाट बचाउनका लागि ठूला फन्टहरू प्रयोग गर्न सिफारिस गरिएको छ ।

साथै, यो २०–२०–२० नियम पालना गर्न अत्यन्त महत्त्वपूर्ण छ जहाँ प्रत्येक २० मिनेटमा २० सेकेन्डको ब्रेक लिएर २० सेकेन्डका लागि २० फिट टाढा हेर्नुपर्छ । बच्चाहरूले भिटामिन ए समृद्ध भएको पोषिलो आहारको सेवन गर्नुपर्छ भने वयस्कहरूले खानामा भिटामिन डि र बि१२ को स्तरको बारेमा सावधान हुनुपर्छ ।

jackson ribon