birat ribon

दिमागको विकासका लागि सामूहिक क्रियाकलाप फाइदाजनक

Neuro
दिमागको विकासका लागि सामूहिक क्रियाकलाप फाइदाजनक

विराटनगर/उमेर बढ्दै जाँदा स्मरणशक्तिमा ह्रास आउने हुन्छ । जसकारण मानिसहरू दिमागलाई सकेसम्म तीक्ष्ण राख्न हरेक प्रयास गरिरहेका हुन्छन् ।

cura insider

आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो राख्नका लागि रक्सी, चुरोटको सेवन त्याग्न, शरीरको तौल र मधुमेहलाई नियन्त्रण गर्न सक्नुपर्ने हुन्छ । तर, दिमागलाई बलियो बनाउन र स्मरणशक्ति बढाउन के गर्नु पर्छ ? दिमागलाई बलियो बनाउनका लागि न्यूक्यासल विश्वविद्यालयको सहयोगमा ३० जना स्वयंसेवीको स्मरणशक्ति, समस्या समाधान गर्ने क्षमता र प्रतिक्रिया जनाउने समयको जाँच गर्न विभिन्न जाँच गरियो ।

त्यसपछि, परीक्षणका लागि स्वयंसेवीलाई तीन समूहमा विभाजन गरिएको थियो भने सबैलाई आठ हप्तासम्मका लागि केही निश्चित काम गर्न लगाइएको थियो । आठ हप्तासम्म दिनको तीन घन्टाका लागि पहिलो समूहलाई तीव्र गतिमा हिँड्न, दोस्रो समूहलाई पजल (शब्द र अङ्क मिलाउनुपर्ने कोठेपद) सुल्झाउन र तेस्रो समूहलाई चित्र बनाउने कक्षामा सहभागी हुन लगाइएको थियो ।

आठ हप्ते प्रयोगपछि हिँड्नुपर्ने पहिलो समूहका सबैले आफ्नो स्वास्थ्यमा ठूलो सुधार आएको ख्याल गरे । पजल खेल्ने जिम्मा पाएको दोस्रो समूहले सुरुमा पजल निकै गाह्रो भएको पाए पनि समयसँगै पजल हल गर्ने विभिन्न उपाय साटासाट गर्नसमेत थालेका थिए । र, सबैभन्दा बढी प्रगति कलाको कक्षा लिनेहरूमा देखिएको थियो । तस्बिरलाई कागजमा उतार्नु बौद्धिक हिसाबले चुनौतीपूर्ण हो ।

यसले पेन्सिल र ब्रसहरुलाई सही तरिकाले प्रयोग गर्न हातको मांशपेशीलाई चलाउने सीप सिक्ने कुरा पनि यसमा पर्छ । कला कक्षामा तीन घन्टा चित्र कोर्दा उभिनु पर्ने हुँदा शरीरमा रहेको क्यालोरी घटाउन र मुटुलाई स्वस्थ्य राख्ने पनि राम्रो उपाय देखियो । कला कक्षाका कारण एकाग्रतामा सुधार आएको तथा कक्षा सामाजिक हिसाब (भेटघाट तथा कुराकानी गर्ने)मा पनि निकै सक्रिय भएको देखियो जुन दिमागलाई तीक्ष्ण राख्ने अर्को महत्वपूर्ण उपाय हो ।

क्लिनिकल मनोचिकित्सक तथा न्यूक्यासल विश्वविद्यालयका डेनियल कोलेरटोनका अनुसार केही नयाँ कुरा सिक्दा त्यसले दिमागलाई सक्रिय बनाउँछ । सक्रियता बढाउने र नयाँ सीप सिक्न सघाउने कुनै पनि सामूहिक क्रियाकलापले दिमागको विकासमा मद्दत पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको छ ।

jackson ribon