birat ribon

पुलिस महिला लिगको दोस्रो स्थानमा उक्लियो

Neuro
पुलिस महिला लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकामाथि ३–१ गोलको जित निकाल्दै पुलिस दोस्रो स्थानमा उक्लिएको छ ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले समान एक–एक गोल गरिन् । चन्द्रपुरकी सविता राना मगरले एक गोल गरिन् ।

जितसँगै पुलिसले पाँच खेलमा आठ अङ्क जोडदै दोस्रो स्थान बनाएको हो । छैटौँ स्थानको चन्द्रपुरले पाँच खेलमा तीन अङ्क जोडेको छ ।

jackson ribon