विराटनगर/बलिउड अभिनेता कार्तिक आर्यन पहिलो पटक अभिनेता शाहरुख खानसँग काम गर्ने भएका छन् ।
मिडिया रिपोर्टअनुसार शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिल्लिज’ को निर्माणमा बन्न लागेको फिल्म ‘फ्रेड्डी’मा आर्यन मुख्य भूमिकामा देखिने भएका छन् ।
अजय बहलको निर्देशन रहने फिल्ममा कार्तिकको अपोजिट कट्रिना कैफ हुने छिन् । रोमान्टिक कमेडी फिल्म ‘फ्रेड्डी’का लागि आफू उत्साहित रहेको कट्रिनाले बताएकी छन् ।