birat ribon

युनाइटेडले तोड्यो आफ्नै कीर्तिमान

Neuro
युनाइटेडले तोड्यो आफ्नै कीर्तिमान

विराटनगर । इङ्ग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले आफ्नै कीर्तिमान तोडेको छ । शनिबार राति आर्सनलसँग बराबरी खेलेको युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा लामो समय अवे खेलमा अपराजित रहने आफ्नो कीर्तिमान भङ्ग गरेको हो ।

Padelux insider
cura insider

गए राति आर्सनलको मैदान इमिरेट्स स्टेडियममा गोलरहित बराबरीमा खेलेको ऊ पछिल्ला १८ अवे खेलमा अपराजित छ । ओले गुनर सोल्स्जायर नेतृत्त्वको युनाइटेड पछिल्ला १८ अवे खेलमध्ये १३ खेलमा विजयी भएको छ भने पाँच खेलमा बराबरी खेलेको छ ।

यसअघि सन् १९९९ मा उसले यो कीर्तिमान बनाएको थियो । सर एलेक्स फर्गुसन नेतृत्त्वमा रहँदा युनाइटेडले १७ अवे खेलमा अपराजित रहँदै यो रेकर्ड बनाएको हो ।

युनाइटेडले यस सिजनको प्रिमियर लिगमा २१ खेल खेलेको छ । दोस्रो स्थानको युनाइटेडले ४१ अङ्क जोडेको छ । उसले १२ खेलमा जित, पाँच खेलमा बराबरी र चार खेलमा पराजय ब्यहोरेको छ ।

jackson ribon