birat ribon

महानगरको ‘फाउन्टेन इको पार्क’ अलपत्र

निजी क्षेत्रलाई ठेक्का लगाउने महानगरको तयारी

Neuro
महानगरको ‘फाउन्टेन इको पार्क’ अलपत्रनिजी क्षेत्रलाई ठेक्का लगाउने महानगरको तयारी

मोहन ढकाल

Padelux insider
cura insider

विराटनगर/विराटनगर महानगरपालिकामा घुमफिर गर्ने रमणीयस्थल छन् ? प्राय धेरैले यो प्रश्न गर्ने गरेका छन् । वास्तवमा विराटनगरमा घुमफिर गर्ने रमणीयस्थल नै नभएकै हुन् त ? भौगोलिक र प्राकृतिक हिसाबले घुमफिर गर्ने रमणीय पर्यटकीयस्थल नभए पनि मानव निर्मित पार्कहरु भने महानगरभित्र नभएका हैनन् । तर भएका स्थलहरुको व्यवस्थापन हुन सकेको छैन ।

विराटनगर महानगरपालिकले निर्माण गरेको फाउन्टेन इको पार्क अलपत्र अवस्थामा छ । २०७५ असोजमा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पार्कको उद्घाटन गरेका थिए । त्यसपछि पार्क सर्वसाधारणका लागि खुला गरिएको थियो ।

तर पछिल्लो समय कोरोनासँगै भन्द भएको पार्क अस्वस्थ भएको छ । बन्द रहेको पार्कको रेखदेख नहुँदा जीर्ण बन्दै गएको छ । पार्कको प्रवेशद्वारमा ताला झुण्डिएको एक वर्ष पुगिसकेको छ । तर अहिलेसम्म पार्कको अवस्था कस्तो छ भन्नेमा महानगर बेखबर छ । महानगरले निर्माण गरेका हरेक संरचनाको अवस्था यस्तै हुने गरेको जानकारहरु बताउँछन् ।

वीरेन्द्र सभागृहसँगै रहेको पार्क पछिल्लो समय महानगरको आँखाभन्दा बाहिर रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार पार्क सञ्चालन कहिले हुन्छ भन्ने एकिन छैन । मोरङ व्यापार सङ्घसँगको साझेदारीमा महानगरले पार्कको निर्माण गरेको थियो । जसअनुसार महानगरको ८५ प्रतिशत र मोरङ व्यापार सङ्घको १५ प्रतिशत लगानिमा पार्कको निर्माण भएको थियो ।

यता महानगरले भने कोरोनाका कारण बन्द भएको पार्क चाँडै सञ्चालनमा ल्याउने तयारी रहेको बताएको छ । महानगरको कार्यपालिका बैठकले पार्क सञ्चालनका लागि निजी क्षेत्रलाई ठेक्का लगाउने निर्णय गरेको महानगरका बित्तीय व्यवस्था महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । उनले भने, ‘महानगरले सूचना गरेर ठेक्का लगाएपछि पार्क सञ्चालनमा आउँछ ।’

jackson ribon