birat ribon

खेल इतिहासकै सबैभन्दा धेरै तलब खाने खेलाडी बन्दै मेस्सी !

Neuro
खेल इतिहासकै सबैभन्दा धेरै तलब खाने खेलाडी बन्दै मेस्सी !

विराटनगर । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग खेल इतिहासकै सबैभन्दा धेरै तलब खानेगरी सम्झौता थप्न लागिएको जनाइएको छ । स्पेनिस समाचारपत्र ‘एल मुन्डो’को दाबीअनुसार मेस्सीले बार्सिलोनासँग खेल इतिहासकै सबैभन्दा ठूलो सम्झौता गर्न लागेका हुन् ।

Padelux insider
cura insider

उक्त मिडियाका अनुसार मेस्सीले चार सिजनका लागि पाँच सय ५५ मिलियन दुई लाख ३७ हजार छ सय १९ युरो पाउनेगरी सम्झौता गर्ने निश्चित भएको हो । सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सी र बार्सिलोनाबीच सन् २०२५ सम्मको सम्झौता हुन लागेको बताइएको छ ।

मेस्सीले पछिल्लोपटक नोभेम्बर २०१७ मा बार्सिलोनासँग सम्झौता गरेका थिए । जुन सम्झौता यसै वर्षको ३० जुनमा सकिँदैछ । ३३ वर्षीय मेस्सीले अघिल्लो समरमा बार्सिलोना छोड्ने प्रयाससमेत गरेका थिए । तर उनको प्रयास असफल भएको थियो ।

अब, भने उनी पुनः बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने मनसायमा रहेको उल्लेख गरिएको छ । शनिबार राति एल मुन्डोले बार्सिलोना र मेस्सीबीच प्रतिसिजन एक सय ३८ मिलियन यरो लिनेगरी सम्झौता हुन लागेको जनाएको हो । त्यसमा अन्य शीर्षकका रकम समावेश छैन ।

यदि, यो सम्झौता सफल भएमा मेस्सी खेल इतिहासकै सबैभन्दा धेरै तलब खाने खेलाडीसमेत बन्नेछन् ।

सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेल्दै आएका मेस्सीले चार वटा च्याम्पियन्स लिग, दस वटा ला लिगा र छ पटक सुपर कपको उपाधि जितेका छन् ।

एक पटक फिफा द बेस्ट घोषित भएका उनले बार्सिलोनाबाट सात सय ५४ खेल खेल्दा छ सय ४९ गोल र दुई सय ८४ असिस्ट गरेका छन् ।

https://twitter.com/elmundoes/status/1355659558522335241?s=20

jackson ribon