birat ribon

आइतबारदेखि नेकपा प्रचण्ड–माधव समूहको माइतीघर धर्ना समाप्त

Neuro
आइतबारदेखि नेकपा प्रचण्ड–माधव समूहको माइतीघर धर्ना समाप्त

काठमाठौँ/पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्वनिर्धारित कार्यक्रम भए पनि आगामी सङ्घर्षका कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।

Padelux insider
cura insider

अन्तिम दिन आइतबार धर्नामा नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो । सो पक्षका वरिष्ठ नेता झलनाथ खनालले धर्ना कार्यक्रममा बोल्दै संसद् पुुनःथापनाको विकल्प नभएको बताए ।

नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाका निम्ति संसद्को पुनःथापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताए । सरकार पाकेको फलझैँ झर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरू पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताए । प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनले बताए ।

नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् । ओली प्रतिगमनको पराजय छिट्टै गर्ने उनको भनाइ छ ।

विघटित प्रतिनिधिसभा सदस्य पूर्णाकुमारी सुवेदीले संविधानविपरीत जाने कदमविरुद्ध लागिरहने बताइन् । संविधानको रक्षाका निम्ति जति दिन पनि धर्ना बस्ने भन्दै उनले आन्दोलनले ०६२÷०६३ सालको जनआन्दोलनको रूप लिने पनि बताइन् ।

jackson ribon