birat ribon

रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना

Neuro
रियल मड्रिडलाई उछिन्ने दाउमा बार्सिलोना

विराटनगर । स्पेनिस ला लिगामा आज बार्सिलोनाले एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा बार्सिलोना एथ्लेटिकसँग बदला लिने दाउमा हुनेछ । यसअघि एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको थियो । सोही हारको बदला लिने दाउमा बार्सिलोना रहेको छ ।

त्यसबाहेक ऊ साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिने योजनामा छ । हाल बार्सिलोना ३७ अङ्कका साथ चौथो स्थानमा छ । उसले १९ खेल खेलेको छ । ऊभन्दा माथि रहेको सेभिल्लासँग ३९ अङ्क छ भने रियलसँग ४० अङ्क छ ।

शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग भने ४७ अङ्क छ । एथ्लेटिकोले १८ खेल मात्र खेलेको छ । यदि, आजको खेलमा बार्सिलोनाले जित निकालेको खण्डमा ऊ रियलसँग अङ्क बराबरी गरी गोलान्तरको आधारमा अघि रहँदै दोस्रो स्थानमा उक्लिनेछ ।

jackson ribon