birat ribon

विश्व कुष्ठरोग दिवस : समयमा उपचार गरेमा कुष्ठरोग निको हुन्छ

Neuro
विश्व कुष्ठरोग दिवस : समयमा उपचार गरेमा कुष्ठरोग निको हुन्छ

विराटनगर/आज ६८ औँ विश्व कुष्ठरोग दिवस ।

Padelux insider
cura insider

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबारका दिन विश्व कुष्ठरोग दिवस मनाइन्छ । कुष्ठरोग (लेप्रोसी) एक प्रकारको सङ्क्रमण हो । कुष्ठरोग ‘माइकोब्याक्टेरियम लेप्रे’ नामक ब्याक्टेरियाको सङ्क्रमणको कारणले लाग्छ । यसलाई ह्यानसन डिजिजको नामले पनि चिनिन्छ । कुष्ठरोगले खुट्टा, हातलगायतका शरीरको वरिपरि छाला क्षेत्रमा गम्भीर, फुस्रो दाग धब्बा जस्ता घाउ र स्नायुको क्षति निम्त्याउँछ ।

अन्य उमेर समूहको तुलनामा बच्चाहरूमा कुष्ठरोग लाग्ने सम्भावना अधिक हुन्छ । डब्लुएचओको आधारमा कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ गरी दुई किसिमको हुन्छ । पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी दाग हुन्छ । कुष्ठरोग सङ्क्रमित व्यक्तिले सास फेर्दा, बोल्दा, हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने मसिना कण वा थोपाहरूको माध्यमबाट सर्छ ।

सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कले मात्र कुष्ठरोग सार्ने हुँदा यो रोग त्यति धेरै सङ्क्रामक मानिंदैन । सङ्क्रमित व्यक्तिसँग हात मिलाउने, अँगालो हाल्ने, वा छेउमा बस्दा सङ्क्रमण सर्दैन । कुष्ठरोगी गर्भवती आमाबाट जन्मने शिशुमा पनि सर्दैन । कुष्ठरोगले मुख्यतया मस्तिष्क र मेरुदण्डबाहिर छाला र स्नायुहरूलाई असर गर्छ । यसले आँखा र नाकको पातलो टिश्युलाई पनि प्रभाव गर्छ ।

कुष्ठरोगको मुख्य लक्षण भनेको छालामा घाउ हुने, फोकाजस्तो बम्प निम्तिन्छ जुन केही हप्ता वा महिनौँसम्म पनि टाढा जान सक्दैन । छालामा हुने घाउहरू फिक्का रङका हुन्छन् । स्नायुमा क्षति हुने कारण मांशपेसी कमजोर हुने, हात तथा खुट्टाले महसुस हुने भावना हराउने हुनसक्छ । सङ्क्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।

सामान्यतया कुष्ठरोगका कारण हुने ब्याक्टेरियाको सम्पर्कमा आएपछि लक्षण देखा पर्न लगभग तीनदेखि पाँच वर्ष लाग्छ । कतिपय सङ्क्रमित व्यक्तिहरूलाई २० वर्षसम्म खासै प्रभाव नदेखिन पनि सक्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भई मृत्युसमेत हुने गरेको पाइन्छ ।

कुष्ठरोगको रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय भनेको सङ्क्रमण भएको तथा उपचार नगरेको व्यक्तिसँग लामो अवधिसम्म र पटक–पटकको सम्पर्कबाट बच्नु हो । समयमा डाक्टरकोमा गएर उपचार गरेमा कुष्ठरोग निको हुन्छ । समयमा एन्टिबायोटिक उपचारले कुष्ठरोग निम्त्याउने ब्याक्टेरियालाई मार्छ, रोग निको पार्छ र शरीरमा हुनसक्ने अन्य क्षतिलाई रोक्न मद्दत गर्छ ।

तर, यदि लामो समयसम्म पनि रोगको उपचार नगरेमा मांशपेसीमा कमजोरी, मोतियाबिन्दु, आँखामा समस्या, अन्धोपन, हातखुट्टा चलाउन नसक्ने हुनु, शरीरको आकार बिग्रने, शरीरका कपाल हराउँदै जाने, बाँझोपन, किड्नी फेल हुनेलगायतका समस्या हुनसक्छ ।

jackson ribon