birat ribon

यसकारण एनेमिया हुने सम्भावना धेरै

Neuro
यसकारण एनेमिया हुने सम्भावना धेरै

विराटनगर/रगतले शरीरका विभिन्न भागमा आवश्यक पोषक तत्व र अक्सिजन आदि पुर्‍याउने काम गर्छ ।

Padelux insider
cura insider

शरीरभित्र रगतमा सेता र राता रक्तकोष रहेका हुन्छन् । राता रक्तकोषमा हेमोग्लोबिन नामक तत्व हुन्छ जसले शरीरभरि अक्सिजनको आपूर्ति गर्छ । शरीरका राता रक्तकोषको कमी भएमा एनेमिया (रक्तअल्पता) हुन्छ । एनेमिया हुँदा हेमोग्लोबिनको मात्रा पनि कम हुन्छ जसकारण शरीरका अङ्गमा चाहिनेजति अक्सिजन पुग्न सक्दैन । बालबालिका, महिला तथा बृद्ध उमेरका मानिसमा एनेमिया हुने सम्भावना धेरै रहन्छ ।

एनेमिया खानामा पोषक तत्वको कमीका कारणले गर्दा मात्र हुँदैन । एनेमिया विभिन्न कारणले हुने गर्छ । खानामा पर्याप्त पोषणतत्वको कमी भएमा, शरीरबाट बढी रगत बगेमा, गर्भवती भएको अवस्थामा वा केही रोग विशेषले एनेमिया हुनसक्छ । शरीरबाट अत्यधिक मात्रामा रगत निष्कासन भएमा एनेमिया हुन्छ ।

रक्तश्रावमार्फत् शरीरको रातो रक्तकोष पनि निष्कासन हुने हुन्छ । यो बिस्तारै लामो अवधिमा हुन सक्छ र याद नहुन पनि सक्छ । महिलाहरूमा महिनावारी हुँदा शरीरबाट रगत जाने, अत्यधिक रक्तश्राव भएमा, ग्यास्ट्रिक, अल्सर तथा पाइल्सलगायत पेटसम्बन्धी समस्या भएमा, दुर्घटना, शल्यक्रिया तथा बोनम्यारोमा समस्या भएमा पनि एनेमिया हुनसक्छ ।

आइरन, भिटामिन बी १२ र फोलेट नभएको खानाको सेवन, शरीरले भिटामिन बी प्राप्त गर्न नसकेको खण्डमा, गर्भावस्थामा गर्भवतीको शरीरमा आइरनको मात्रा नपुगेमा, रक्सीको सेवन, केही खाना, औषधि वा क्याफिनयुक्त पेयपदार्थ, धेरै पटक रक्तदान गर्दा, सिकल सेल एनेमिया र आन्द्रासम्बन्धी समस्याका कारण पनि एनेमिया हुनसक्छ ।

साथै, शरीरमा रातो रक्तकोष बनाउने हर्मोनको मात्रा कम भएमा र रातो रक्तकोष नष्ट भएमा पनि एनेमिया हुन्छ । उमेर बढेसँगै, मृगौलाको समस्या, थाइराइड, लामो समयसम्मको सङ्क्रमण, क्यान्सर, बाथ, लुपुस, मधुमेह, उच्च रक्तचाप, ट्युमर, रगत जम्ने समस्या भएका, लिभर तथा मृगौलाबाट निष्कासन भएको विषाक्तका कारण पनि एनेमिया हुनसक्छ ।

jackson ribon