birat ribon

शिवको चेतावनी : फिल्म क्षेत्रका व्यक्तिको कुकृत्य भण्डाफोर गर्दैछु

Neuro
शिवको चेतावनी : फिल्म क्षेत्रका व्यक्तिको कुकृत्य भण्डाफोर गर्दैछु

विराटनगर/शिव श्रेष्ठ एक समयका चर्चित अभिनेता हुन् । उनले नेपाली फिल्म क्षेत्रमा जीवन रेखा, ठूल्दाइ, चिनो, ट्रक ड्राइभर, धर्मसङ्कटलगायत थुप्रै हिट फिल्म दिएका छन् ।

Padelux insider
cura insider

४० वर्ष अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र जापानका गरेर डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । ‘जीवन रेखा, ठूल्दाइ, चिनो, कान्छी, ट्रक ड्राइभर, धर्मसङ्कट’ जस्ता एकसेएक उत्कृष्ट फिल्ममा काम गरेका उनी चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् ।

जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल शिव श्रेष्ठले फिल्म निर्माणमा समेत हात हालेका छन् । उनले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ यही माघ १ गतेबाट प्रदर्शनमा आएको थियो । यो फिल्मबाट उनका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यसकारण यो फिल्मप्रति धेरैको आशा, अपेक्षा र चासो थियो ।

कोरोनाका कारण बन्द भएका सिनेमा हल ९ महिनापछि खुल्दा कुनै निर्माताले नयाँ फिल्म प्रदर्शन गर्ने आँट गरेका थिएनन् । तर अभिनेता श्रेष्ठले आफ्नो फिल्म दर्शकका लागि मनोरञ्जनको भ्याक्सिन रहने भन्दै फिल्म प्रदर्शन गरेका थिए । धेरैले उनको हिम्मतको प्रशंसा पनि गरे ।

तर, फिल्म रिलिज भएपछि प्रशंसा गर्नेहरु कोही भेटिएन । किनकि, छायाङ्कनसमेत पूरा नभई प्रदर्शन गरिएको फिल्म अत्यन्त कमजोर बनेको थियो । चर्चित कलाकारलाई फिल्ममा अनुबन्ध गरे पनि फिल्मको डबिङ अपुरो थियो । यसैकारण दर्शकले फिल्म रुचाएन्न । सिनेमा हलमा प्रदर्शन भएको ११ दिनमै फिल्म सिनेमाघरबाट हटेको थियो ।

शिव श्रेष्ठजस्ता व्यक्तिले यस्तो फिल्म निर्माण गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै आलोचना भइरहेको छ । केही दिनअगाडि अभिनेत्री करिश्मा मानन्धरले समेत उनीप्रति कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । फिल्म रिलिज भएपछि आफूलाई लिएर भएका विभिन्न टिकाटिप्पणीप्रति मौन रहेका शिवले शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै फिल्मकर्मीहरुलाई चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘नेपाली फिल्म क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका विभिन्न व्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरुबारे भण्डाफोरसमेत गर्दैछु, प्रतिक्षा गर्नुहोला ।’ उनले कुन सन्दर्भमा यस्तो पोस्ट गरेका हुन्, यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

jackson ribon