birat ribon

रातो हाब्रे संरक्षणका लागि विद्यालयमा पठनपाठन

Neuro
रातो हाब्रे संरक्षणका लागि विद्यालयमा पठनपाठन

ताप्लेजुङ/लोपोन्मुख रातो हाब्रे संरक्षणका लागि विद्यालयमा पठनपाठन सुरु गरिएको छ । ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा यस्तो काम गर्दै आएको हो ।

Padelux insider
cura insider

हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर यहाँका विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।

कक्षा ६ र ७ मा पठनपाठन सुरुआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारेर अध्ययन हुँदै आएको उनले बताए ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ ।

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् ।

रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने गर्दछ । विशेषगरी बाँसका पात र तामा खाने गर्दछ । शारीरिकरूपमा यो घरेलु बिरालोजस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो हाब्रे नेपाल, चीन, बर्मा, भूटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको मञ्चका सचिव विवश केदेमले जानकारी दिए । दुई हजार पाँच सयको हाराहारीमा रातो हाब्रे रहेको अनुमान रहेको उनले बताए ।

जानकारहरूका अनुसार रातो हाब्रे प्रायः रूखमा चढेर बस्ने गर्छ । हाब्रेका मुख्य शत्रु भनेकै मानिस र हिउँ चितुवा हुन् । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् । यसले एक दिनमा करिब दुई लाख बाँसका पात खान सक्ने अध्ययनले देखाएको छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ, जसबाट उसले आफ्ना साथी र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले रातो हाब्रेलाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ । विभिन्न्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी सिकारी, डढेलोलगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छन् ।

सरकारको पछिल्लो सर्वेक्षणले रातो हाब्रे (रेडपाण्डा) २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ । रासस

jackson ribon