birat ribon

जोनसनको कोभिडविरुद्धको खोप ६६ प्रतिशत प्रभावकारी

Neuro
जोनसनको कोभिडविरुद्धको खोप ६६ प्रतिशत प्रभावकारी

विराटनगर/जोनसन एन्ड जोनसनले विकास गरेको कोभिडविरुद्धको खोप ६६ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।

Padelux insider
cura insider

कम्पनीले जनाएअनुसार विश्वव्यापी तेस्रो चरणको ट्रायलमा खोपको एक डोज दिँदा हल्का र मध्यम रोगको रोकथाममा मात्र ६६ प्रतिशत प्रभावकारी रहेको देखिएको हो । तर, खोप गम्भीर रोगको विरूद्ध ८५ प्रतिशत प्रभावकारी रहेको कम्पनीले जानकारी दिएको हो । खोपको ट्रायलको क्रममा अलग–अलग क्षेत्रमा अलग–अलग नतिजा आएको जोनसनले बताएको छ ।

अमेरिकामा गरिएको ट्रायलमा उक्त खोप ७२ प्रतिशत प्रभावकारी भएको देखिएको छ भने दक्षिण अफ्रिकामा खोप ५७ प्रतिशत मात्र प्रभावकारी देखिएको छ । कम्पनीका वैश्विक अनुसन्धान प्रमुख डा. मिथाई मेमनका अनुसार खोपले उमेर समूह वा भिन्नताको वास्ता नगरी गम्भीर रोगको रोकथाममा प्रभावकारी देखिएको छ ।

खोप दिएकामध्ये कसैलाई पनि गम्भीर प्रकारको एलर्जी नदेखिएको बताइएको छ । ११ जनामध्ये करिब एक जनालाई मात्र खोप लगाइएपछि हल्का ज्वरो आएको थियो । आठ देशको ४४ हजार स्वयंसेवकमा गरिएको ट्रायलको अन्तिम नतिजा भने आउन बाँकी छ । अर्को हप्ता खोपको आपतकालीन प्रयोग गर्ने जोनसन एन्ड जोनसनले अमेरिकी खाद्य तथा औषधि प्रशासनमा आवेदन गर्ने अपेक्षा गरिएको छ ।

आपतकालीन प्रयोगको अनुमति पाएमा खोप फेब्रुअरीको अन्त्यमा आउन सक्छ । यसलाई अन्य खोप जस्तै अत्यधिक चिसो तापक्रममा भण्डार गर्नु पर्दैन । खोपलाई ३६ डिग्रीदेखि ४६ डिग्री फरेनहाइटको फ्रिज तापक्रममा तीन महिनाको लागि भण्डार गर्न सकिन्छ । जोनसनले खोपको दुई डोज दिने विधि पनि परीक्षण गर्दैछ र त्यसले उक्त बुस्टर सटले थप प्रभावकारिता बढाउन सक्ने अपेक्षा राखिएको छ ।

jackson ribon