birat ribon

अभिनेता दयाहाङ र प्रकृतिको ‘बिहे पास’

Neuro
अभिनेता दयाहाङ र प्रकृतिको ‘बिहे पास’

विराटनगर/अभिनेता दयाहाङ राई र प्रकृति श्रेष्ठ नयाँ फिल्म ‘बिहे पास’मा अनुबन्ध भएका छन् ।

Padelux insider
cura insider

सामाजिक कथामा निर्माण हुन लागेको फिल्ममा प्रवेश पौडेलले निर्देशन रहने छ । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा रत्न श्रेष्ठले मुख्य लगानी गरिरहेका छन् ।

फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति त्यसपछि दाम्पत्य सम्बन्धमा बाँधिइन् । केही वर्षदेखि उनी आफ्ना श्रीमान्सँग अस्ट्रेलियामा छिन् । दयाहाङको नायिकाको रुपमा प्रस्ताव आएपछि उनी यो फिल्मबाट फेरि दर्शकमाझ आउन लागेकी हुन् ।

फिल्मको छायाङ्कन चैत पहिलो साताबाट सुरु गरिने निर्देशक पौडेलले जानकारी दिए ।

jackson ribon