birat ribon

अपाङ्गता भएकाका लागि निःशुल्क स्वास्थ्य शिविर

Neuro
अपाङ्गता भएकाका लागि निःशुल्क स्वास्थ्य शिविर

इटहरी/इटहरी उपमहानगरमा आजदेखि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै छ ।

Padelux insider
cura insider

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्र्तगत २६ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

इटहरी उपमहानगर, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालित छ ।

आज (माघ १८ गते) वडा नम्वर २ को पुराणचोकमा, माघ १९ गते वडा नम्बर ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नम्वर ५, ७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुनेछ ।

यसैगरी माघ २२ गते वडा नम्वर १०, ११ र १२ का लागि र माघ २३ गते वडा नम्वर १३ र १४ का लागि खनार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर हुनेछ । माघ २५ गते वडा नम्बर १७ र १८ का लागि पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्बा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १, १९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुनेछ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषणसम्बन्धी परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् । उनका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिने छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचयपत्र प्राप्त नगरेको भए परिचयपत्रका लागि सूचीसमेत तयार पारिने छ ।

jackson ribon