birat ribon

सिरहामा २१ हजार १० नयाँ मतदाता

Neuro
सिरहामा २१ हजार १० नयाँ मतदाता

सिरहा/निर्वाचन आयोगले सिरहामा मतदाता नामावली अद्यावधि गर्ने काम सम्पन्न गरेको छ । आयोगका अनुसार जिल्लामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जसमध्ये ११ हजार ६ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् ।

Padelux insider
cura insider

सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन् । गत २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार एक सय एक पुरुष, एक लाख ६० हजार दुई सय ६७ महिला र दुई जना तेस्रो लिङ्गी गरी तीन लाख ४४ हजार तीन सय ७० मतदाता थिए ।

अघिल्लो निर्वाचनमा रहेका दुई सय २१ मतदानस्थललाई कायम राख्ने निर्णय आयोगले गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदानस्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारी दिइन् ।

सिरहाका १७ वटै स्थानीय तहमा एक÷एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइनेछ ।

jackson ribon