विराटनगर/सामुदायिक विकास प्रयास नेपालको अध्यक्षमा लिलम भण्डारी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न २९ औँ साधारणसभाले भण्डारीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।
प्रयास नेपालको उपाध्यक्षमा भारती तिम्सिना, सचिवमा कुवेर कार्की, कोषाध्यक्षमा देवी अधिकारी र सदस्यहरुमा कल्पना चौधरी, अरविन्द चौधरी र नारायण रामलाई चयन गरिएको कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले जानकारी दिए ।