birat ribon

संसद् विघटनलाई सर्वोच्चले उल्टाइदिनेमा म ढुक्क छु : सिटौला

Neuro
संसद् विघटनलाई सर्वोच्चले उल्टाइदिनेमा म ढुक्क छु : सिटौला

काठमाडौँ/नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले संसद् विघटनलाई उल्टाइदिनेमा आफू विश्वस्त रहेको बताएका छन् । काठमाडौँमा बस्ने झापाका काङ्गे्रस समर्थकहरूको भेलामा उनले सो कुरा बताएका हुन् ।

Padelux insider
cura insider

झापा–काठमाडौँ सम्पर्क समिति क्षेत्र न.३ ले शनिबार गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रमम प्रमुख अतिथिको आसनबाट बोल्दै सिटौलाले संबैधानिक अधिकार नै नभई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकाले त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफु विश्वस्त रहेको बताए ।

सरकारको सबै कामहरूलाई संसद्ले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट सरकारलाई असहयोग भएकाले विघटन गरिएको भन्नु सरासर झुट भएको बताए । उनले चुनाव गर्ने चाहनाले संसद् विघटन गरेको नभई जनतामा निराशा पैदा गराई अहिलेको व्यवस्थालाई नै अन्ततोगत्वा असफल देखाउन प्रधानमन्त्री केपी ओली लागिपरेको आरोप लगाए ।

करिब ३ घण्टा चलेको अन्तरक्रियामा कांग्रेस युवानेता एवम् नेविसङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले, झापा–काठमाडौँ सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईंलगायतले आफना भनाइ राखेका थिए ।

jackson ribon