birat ribon

शैलजा पोलिटेक्निकले मनायो १९ औँ वार्षिक उत्सव

Neuro
शैलजा पोलिटेक्निकले मनायो १९ औँ वार्षिक उत्सव

विराटनगर/शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो स्थापना दिवसको १९ औँ वार्षिक उत्सव मनाएको छ । कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, विद्यार्थी, अभिवावक तथा स्थानीय वुद्धिजीवीको उपस्थिति रहेको थियो ।

Padelux insider
cura insider

कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामीण जनताका लागि बहुमूल्य निधिका रुपमा रहेको पोलिटेक्निकबाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए ।

कलेजकी अध्यक्ष मीता आचार्यले सहिदहरु तथा संस्थाका बारेमा प्रकाश पारेकी थिइन् । उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना शिक्षाको माध्यमवाट पूरा गर्न आफू लागिरहेको बताइन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको थियो । सो कार्यक्रममा कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारी, पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो, सदस्य विकास पराजुली, जबहरलाल मण्डललगायतको सहभागिता रहेको थियो ।

jackson ribon