birat ribon

प्रदेश १ मा टेलिकमको सेवा अवरुद्ध

Neuro
प्रदेश १ मा टेलिकमको सेवा अवरुद्ध

विराटनगर । नेपाल टेलिकम दूरसञ्चार कार्यालयको सेवा प्रदेश १ मा आइतबार बिहानैबाट अवरुद्ध बन्न पुगेको छ ।

Padelux insider
cura insider

बिहान ३ बजेतिरबाट अवरुद्ध बनेको सेवा सञ्चालन गर्न झन्डै छ घण्टाभन्दा बढी समय लागेको थियो । महोत्तरीको बर्दिवासमा मुसाले अप्टिकल फाइबरको तार काटिदिएपछि सेवा सञ्चालनमा समस्या भएको थियो ।

मुसाले तार काटिदिएर फइबरको लिंक नै टुटेपछि उत्पन्न भएको समस्याले सेवा अवरुद्ध सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनले जानकारी दिए । मर्मत सम्भारपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको उनले बताए ।

सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लामा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ । महर्जनकाअनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन् । एक्कासि सेवा अवरुद्ध भएपछि ठूलो संख्यामा रहेका ग्राहाक एकै पटक प्रभावित बनेका थिए ।

jackson ribon