birat ribon

प्रतिनिधिसभा विघटनलाई लिएर कांग्रेसमा दुई धार

Neuro
प्रतिनिधिसभा विघटनलाई लिएर कांग्रेसमा दुई धार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा (संसद) विघटनको विषयलाई लिएर मुलुककै दोस्रो ठूलो दल नेपाली कांग्रेसभित्र प्रष्ट दुई धार देखिएको छ ।

Padelux insider
cura insider

सभापति शेरबहादुर देउवाले विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनिरहेका छन् । तर त्यसकाविरुद्ध सशक्त आन्दोलनमा जान कार्यकर्तालाई निर्देशन पनि दिन सकिरहेका छैनन् । संसद पुर्नस्थापना हुन्छ या हुँदैन भन्ने दुई खाले कुरा बाहिर आइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाखमा गर्ने भनेर घोषणा गरेको निर्वाचनको पक्षमा देउवा देखिएका छन् ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक तथा अलोकतान्त्रिक कदम भनेको छ । तर पुर्नस्थापनाको पक्षमा भने प्रष्ट दुई धार देखिएको हो । देउवा समूह केन्द्रीय समिति बैठकबाटै संसद विघटनलाई ‘असंवैधानिक तथा अलोकतान्त्रिक कदम’ भन्न मन्जुर भए पनि बैठकको निर्णयमा हालसम्म ‘पुर्नस्थापना’ भन्ने शब्द राख्न तयार छैनन् ।

सो समूहले सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा नेता कार्यकर्तालाई परिचालित हुन निर्देशन गर्दै आइरहेको छ । तर संस्थापन इतरपक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला भने संसद पुर्नस्थापनालाई जोड दिइरहेका छन् ।

पौडेल र सिटौलाको दबाबका कारण देउवा अलमलमा परेको स्रोतले बतायो । देउवा निर्वाचनमा जानुपर्ने र पौडेल तथा सिटौला संसद पुर्नस्थापना गर्नुपर्ने पक्षमा देखिएपछि संसद विघटनको विषयलाई लिएर कांग्रेस अहिले अलमलमा छ ।

jackson ribon