birat ribon

आमाको शव १० वर्षदेखि फ्रिजमा

Neuro
आमाको शव १० वर्षदेखि फ्रिजमा

विराटनगर । जापानमा एक जना महिलाले आफ्नी आमाको शव १० वर्षदेखि फ्रिजमा राखेको फेला परेको छ ।

Padelux insider
cura insider

मृत्यु भएपछि शव व्यवस्थापन गर्नुपर्नेमा १० वर्षदेखि लुकाएर एउटा अपार्टमेन्टको फ्रिजभित्र राखिरहेको भेटिएको हो । आमाको मृत शरीर फ्रिजमा लुकाएर राखेको घटना बाहिरिएसँगै ४८ वर्षीया युमि योशिनोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी महिलाले अपार्टमेन्टमा बस्ने क्रममा आमाको मृत्यु भएको र शव व्यवस्थापन गर्दा जापान छाड्नुपर्ने डरले फ्रिजभित्र लुकाएर राखेको बताएकी छन् ।

आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफूले घर छोड्नुपर्ने डर उनमा रहेको थियो । आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोप ती महिलामाथि छ ।

महिलाको दाबी अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलबाट पक्राउ गरिएको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमकाअनुसार पक्राउ परेकी महिलाले शव आफ्नै आमाको भएको बताएकी छन् । उनले आमालाई मारेको नभइकन मरेको अवस्थामा भेटेको पनि बताएकी छन् । मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ् कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले आफ्नो समाचारमार्फत जनाएको छ ।

समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।

शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता लाग्न सकिरहेको छैन । तर मृत्यु भएकी महिलाको शरीरमा कुनै चोटपटकहरु नरहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

jackson ribon