birat ribon

क्षमतावान विदेशीलाई आफ्नो नागरिक बनाउँदै युएई

Neuro
क्षमतावान विदेशीलाई आफ्नो नागरिक बनाउँदै युएई

विराटनगर । संयुक्त अरब इमिरेट्स (युएई) ले क्षमतावान विदेशीलाई आफ्नो मुलुकको नागरिक बनाउने नीति अंगिकार गरेको छ ।

Padelux insider
cura insider

निश्चित सीमा तोकेर उसले विदेशी नागरिकलाई आफ्नो मुलुकको नागरिकता दिने प्रक्रिया अघि बढाएको हो । नागरिकता पाउने विदेशी नागरिकमा युएईको विकासमा महत्वपूर्ण योगदान पुर्याउने होनाहार व्यक्तिहरु पर्ने छन् ।

युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमले युएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् व्यक्तिलाई नागरिकता दिन लागिएको उल्लेख गरेका छन् । यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताए।

कम आय हुने काम गर्ने मानिसहरूले भने यी मापदण्ड पूरा गरेर युएईको नागरिकता पाउन मुस्किल छ। मक्तुमले नागरिकता दिने योजनाको मुख्य उद्देश्य युएईको विकासमा योगदान गर्न सक्ने मानिसलाई आकर्षित गर्नु रहेको बताए।

नागरिकताका लागि युएईका शाही परिवारका सदस्य र अन्य अधिकारीले मनोनयन गर्नेछन्। यस्तो मनोनयनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि विदेशीले नागरिकता पाउनेछन् । कोरोनाभाइरसको महामारी र तेलको मूल्यमा भारी गिरावट भएर विदेशीहरूले युएई छोडिरहेका बेला यस्तो महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने निर्णय गरिएको हो ।

jackson ribon