birat ribon

पेट्रोलियम विक्रेताको कमिसन बढाइयो

Neuro
पेट्रोलियम विक्रेताको कमिसन बढाइयो

विराटनगर । पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) विक्रेताको कमिसन बढाइएको छ ।

Padelux insider
cura insider

यसअघि पाउँदै आएको कमिसनमा बिक्रेताले अब प्रति लिटर ३६ पैसा बढी पाउने छन् । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा बढाइएको यो कमिसन तत्कालका लागि आन्तरिक स्रोतबाटै बेहोर्नेगरी लागू हुने जानकारी दिएको छ ।

आन्दोलनरत पेट्रोलियम व्यवसायीको माग पूरा गर्न बसेको निगम सञ्चालक समिति बैठकले कमिसन मूल्य बढाउने निर्णय लिएको हो । निर्णयअुनसार पेट्रोलमा प्रतिलिटर ०.३९ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत कमिसन वृद्धि भएको छ । कमिन वृद्धिगँगै अब विक्रेताले पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन पाउनेछन् ।

यसअघि प्रतिलिटर पेट्रोलमा कमिसन ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत थियो । कमिसन वृद्धि गर्दा हुने मूल्य सामायोजनअनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औषत ३६ पैसा थप हुने निगमका प्रवक्ता वीनितमणि उपाध्यायाले जानकारी दिए । निगमले कमिसनको भार तत्काल उपभोक्तालाई पर्न नदिइने दाबी गरेको छ ।

लामो समयदेखि कमिसन वृद्धि नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले बढाउन माग गरेका थिए । व्यवसायीले माग पूरा नगरे आइतबारदेखि आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर, निगमको निर्णयसँगै शनिबार निगम र पेट्रोलियम व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

मुलुकभर एक हजार पाँच सय वटा पेट्रोल पम्प सञ्चालनमा रहेका छन् । उपत्यका धेरै पेट्रोल पम्पले शुक्रबारदेखि नै विरोधस्वरूप तेल बिक्री गर्न छाडेका थिए ।

jackson ribon