birat ribon

मङ्गल ग्रहमा पुग्नै लाग्यो रोबोट

Neuro
मङ्गल ग्रहमा पुग्नै लाग्यो रोबोट

विराटनगर । जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टान र अरु अवशेषहरुको अध्ययन एवं अनुसन्धान गर्न पठाइएको रोबोट मङ्गल ग्रहमा पुग्नै लागेको छ ।

Padelux insider
cura insider

अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट अवतरणनजिक पुगेको हो । अब रोबोट अवतरण हुन बढीमा तीन साता मात्रै लाग्ने नासाले जनाएको छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।

यो समाचार तयार पार्दासम्म नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी मात्रै बाँकी रहेको जनाइएको छ । तीव्र गतिमा बढिरहेको रोबोट मङ्गल ग्रहमा अवतरण भइसकेपछि अध्ययन एवं अनुसन्धानको थप काम अघि बढ्ने जनाइएको छ ।

रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै टिमानफाया नाम दिइएको ठाउँमा अवतरण गर्ने अपेक्षा गरिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठाउँमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ वैज्ञानिकहरुले अनुसन्धान थालेका हुन् ।

अवतरण गर्नका लागि रोबोट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेनले कार्बोनेट चट्टानहरू र अरु अवशेषहरु पत्ता लगाउन रोबोट पठाइएको बताए ।

jackson ribon