birat ribon

डर्टमुण्डको पुनरागमन जित

Neuro
डर्टमुण्डको पुनरागमन जित

विराटनगर । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले पुनरागमन जित निकालेको छ । शनिबार राति डर्टमुण्डले अग्सबर्गमाथि ३–१ गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

घरेलु मैदानमा डर्टमुण्डलाई जिताउन थोमस डिलाने र जाडोन सान्चोले समान एक–एक गोल गर्दा एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । अग्सबर्गका आन्द्रे हाहनले एक गोल गरेका थिए ।

खेलको दसौं मिनेटमा हाहनले गोल गर्दै अग्सबर्गलाई सुरुआती अग्रता दिलाएका थिए । २६औं मिनेटमा डिलानेले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

६३औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुण्डलाई अग्रता दिलाए । ७५औं मिनेटमा अग्सबर्गका फेलिक्स उडुखैले आत्मघाती गोल गरेपछि डर्टमुण्डले ३–१ गोलको जित निकालेको हो ।

यससँगै डर्टमुण्डले १९ खेलमा ३२ अङ्क जोडेको छ । ऊ पाँचौं स्थानमा छ । अग्सबर्ग भने २२ अङ्कका साथ १३औं स्थानमा छ ।

jackson ribon