birat ribon

प्रदेश १ को पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Neuro
प्रदेश १ को पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । केही दिनदेखि अत्याधिक चिसो बढेर गएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुसँगै घाम देख्न पाइएको छैन ।

Padelux insider
cura insider

जसका कारण मौसम चिसिएर अत्याधिक जाडोको महसुस भइरहेको छ । मौसम थप चिसो हुँदै गइरहेका बेला आज (आइतबार) दिउँसो प्रदेश १ का उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान गरिएको छ ।

हिमपात भए जाडो थप बढ्न सक्ने मौसमविद्ले बताएका छन् । केही पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव कायमै छ ।

यतिखेर देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ । अरु भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान ५ बजेर ४५ मिनेटमा गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ । यद्यपि, महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा गरिने मापनलाई आधिकारिक मान्ने गरेको छ ।

jackson ribon