birat ribon

जेससको गोलमा सिटी विजयी

Neuro
जेससको गोलमा सिटी विजयी

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार राति सिटीले शेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको हो ।

Padelux insider
cura insider

घरेलु मैदानमा सिटीलाई जिताउन ग्राबियल जेससले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

जितसँगै सिटीले तालिकामा तीन अङ्कको अग्रता बनाएको छ । उसले २० खेलमा ४४ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४१ अङ्क छ । शेफिल्ड भने आठ अङ्कका साथ पुछारमा छ ।

jackson ribon