birat ribon

२० हजार परिवारलाई सुरक्षित आवास

Neuro
२० हजार परिवारलाई सुरक्षित आवास

विराटनगर । जनता आवास कार्यक्रममार्फत हालसम्म मुलुकमा २० हजार परिवारले सुरक्षित आवास पाएका छन् ।

Padelux insider
cura insider

कार्यक्रम १० वर्षअघिबाट सुरु भएको हो । कार्यक्रममार्फत थप सुरक्षित घर पाउने क्रम जारी छ । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायलाई आवास उपलब्ध गराउने उद्देश्यसहित यो कार्यक्रम आर्थिक वर्ष २०६६÷०६७ देखि सुरु भएको हो ।

केन्द्र सरकारले सुरु गरेको यो कार्यक्रम आव २०७५÷७६ देखि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गर्नुअघिसम्म करिब २० हजार घर निर्माण सम्पन्न भएको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई ससर्त अनुदान उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमअन्तर्गत एउटा घर निर्माणका लागि सरकारले साढे तीन लाख रुपैयाँ अनुदान दिँदै आएको छ भने लाभग्राहीले आफ्नै खर्चमा शौचालय बनाउने गरेका छन् ।गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon