birat ribon

काठमाडौंमा भेटियो बर्डफ्लु

Neuro
काठमाडौंमा भेटियो बर्डफ्लु

विराटनगर । काठमाडौंमा बर्डफ्लु देखिएपछि चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् ।

Padelux insider
cura insider

काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु पुष्टि भएको हो । फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले एक हजार आठ सय ६५ वटा हाँस, छ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । केही दिनअघि भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।

विगत एक महिनादेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा पनि यो रोगको जोखिम बढेको भन्दै रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्क अवस्थामा राखिएको छ । भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले बर्डफ्लु पन्छीमा संक्रमण हुने एक प्रकारको भाइरस भएको भन्दै सचेत र सतर्क रहनुपर्ने बताए । उनले भने, ‘बर्डफ्लु भएको पन्छीको माछामासु खाँदा सर्ने सम्भावना रहन्छ । मासु खाँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।’ कुखुरालगायतका पन्छीपालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने र कुखुरा मार्ने समूह उच्च जोखिममा रहेका हुन्छन् । राजधानी दैनिकमा समाचार छ

jackson ribon