birat ribon

सङ्घीय संसद् भवनको काम २० प्रतिशत सकियो

Neuro
सङ्घीय संसद् भवनको काम २० प्रतिशत सकियो

विराटनगर । सङ्घीय संसद् भवन निर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ ।

Padelux insider
cura insider

लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम १५ महिनामा २० प्रतिशत सकिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले तोकिएकै समयसीमाभित्र भवन निर्माण गर्न कार्यतालिका नै बनाएर काम अगाडि बढाएको छ । विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीप श्रेष्ठले राष्ट्रिय महत्वको सङ्घीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताए ।

संसद् भवन निर्माणका लागि हाल निर्माण कम्पनी टुन्डी–सेक ज्वाइन्ट भेन्चरले चार सय ५० जना कामदारको प्रयोग गरेको छ । तर आयोजनाले लकडाउनको कारण केही प्रभावित हुन पुगेको कामलाई गति दिन कामदार थप्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

भवनको महत्वपूर्ण मानिएको फाउन्डेसन निर्माणको काम सम्पन्न भएको छ भने कतिपय भवनको अन्तिम ढलानसमेत भइसकेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको छ । संसद् भवन आधुनिक र प्रविधिमैत्री बन्नेछ ।

संसद् भवन एक सय ७३ रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । पाँच अर्ब दुई करोडमा निर्माण भइरहेको भवनमा संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय सञ्चालन हुनेछ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ

jackson ribon