विराटनगर । नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने भए पनि आफूहरु सर्वोच्च अदालतको फैसला कुरेर बसिरहेको बताएका छन् ।
‘नेकपा, कांग्रेस र मधेसवादी दलहरू मिलेर ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने उनको भनाइ छ । आफू नेतृत्वको पार्टीको सुदूरपश्चिम कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बृहत् विरोधसभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला कुरेर बसिरहेकाले अहिले कारबाही अघि नबढाइएको बताए ।
दाहालले सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्याता भएकाले सही फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले सम्बोधनको सुरुमै अर्का अध्यक्ष माधवकुमार नेपालसँगको मित्रताबारे उल्लेख गरेका थिए। ‘तपाईंहरूलाई लाग्दो होला, प्रचण्ड र माधव नेपालको दोस्ती भर्खरै भएको हो। यिनको चिनजान पनि भर्खरै भएको हो’, उनले भने, ‘त्यसो सोच्नुभएको छ भने त्यो गलत हो। हाम्रो दोस्ती ४० को दशकदेखि हो।’
उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलन, जनयुद्धका बेला आफ्नो सबैभन्दा बढी भटेघाट र संवाद हुने व्यक्ति नेपाल भएको बताए। ‘जनयुद्धका बेला पनि हामीबीच सबैभन्दा बढी संवाद हुन्थ्यो, भेटघाट हुन्थ्यो’, उनले भने, ‘त्यसको परिणाम नै १२ बुँदे हुँदै लोकतान्त्रिक गणतन्त्रका लागि आन्दोलन र त्यसपछि संविधान बन्यो।’
उनले नेपाललाई ओलीले जहिले पनि हेपेको आरोप लगाए। आलोपालो अनुसार विरोधसभामा प्रमुख अतिथि रहेका अर्का अध्यक्ष माधवकुमार नेपालले ओलीको पतनको बाटो सुरु भएको बताए। नेपालले निर्वाचन आयोगको हालैको एक आदेशले ओलीलाई हिस्स बनाएको टिप्पणी गरे।
उनले ओली ‘गफाडी नम्बर १’ रहेको र कम्युनिष्ट सिध्याउन लागेको आरोप लगाए। ओली डुब्लिकेट कम्युनिस्ट भएको, तर अहिले ओलीले पूर्वएमाले एक होऔं भनेर अभियान चलाएको नेपालको दाबी छ । अन्नपूर्ण पोस्टमा समाचार छ