विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार राति आर्सनलको मैदानमा म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

इमिरेट्स स्टेडियममा खेलको निर्धारित समय दुवैले.गोल गर्न सकेनन् । र, दुवैले १–१ अङ्क बाँडे ।
यससँगै दोस्रो स्थानको युनाइटेडले २१ खेलमा ४१ अङ्क जोड्यो । आर्सनल भने ३१ अङ्कका साथ नवौं स्थानमा छ ।
