birat ribon

विश्वमा १० करोड ३० लाखभन्दा बढीलाई कोरोना सङ्क्रमण

Neuro
विश्वमा १० करोड ३० लाखभन्दा बढीलाई कोरोना सङ्क्रमण

विराटनगर । विश्वमा हालसम्म १० करोड ३० लाखभन्दा बढीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा चार लाख ७५ हजार नौ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएकासँगै महामारीको रुप लिएको भाइरसबाट विश्वमा १० करोड ३० लाख ८७ हजार छ सय १५ जना सङ्क्रमित बनेका हुन् । एकै दिन १२ हजार ३९ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २२ लाख २७ हजार दुई सय ४५ पुगेको छ ।

सङ्क्रमितमध्ये सात करोड ४७ लाख सात हजार पाँच सय ४० जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई करोड ६१ लाख ५२ हजार आठ सय ३० जनाको उपचार जारी रहेकोमा एक लाख आठ हजार आठ सय तीन जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म दुई करोड ६६ लाख ४१ हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । एकै दिन एक लाख २५ हजार छ सय ९५ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय १२ जना नयाँ बिरामी थपिएपछि हालसम्म ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या चार लाख ५० हजार चार पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ६३ लाख दुई हजार चार जना उपचारपछि कोरोनामुक्त हुँदै घर फर्किएका छन् । ९८ लाख ८८ हजार नौ सय ९५ जनाको उपचार जारी छ । उपचाररतमध्ये २४ हजार नौ सय ३५ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा हालसम्म एक करोड सात लाख ४७ हजार ९१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । एकै दिन १३ हजार ६५ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा एक सय २८ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार तीन सय १२ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड चार लाख २२ हजार एक सय नौ जना उपचारपछि निको भएका छन् । एक लाख ७० हजार छ सय ७० जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सङ्क्रमित सङ्ख्या ९१ लाख ७६ हजार नौ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५७ हजार चार सय ९८ जना नयाँ बिरामी थपिए । एकै दिन एक हजार एक सय ९६ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख २३ हजार नौ सय ७१ पुगेको छ ।

सङ्क्रमितमध्ये ७९ लाख ९८ हजार दुई सय ४६ जना उपचारपछि सामान्य जीवनमा फर्किएका छन् । नौ लाख ५४ हजार सात सय ५८ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

jackson ribon