birat ribon

बायर्नलाई सात अङ्कको अग्रता

Neuro
बायर्नलाई सात अङ्कको अग्रता

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति बायर्नले होफेनहमलाई आफ्नै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

Padelux insider
cura insider

एलियान्ज एरिनामा जेरोमे बोयटाङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्जियो ग्नाब्रीको गोलमा बायर्नले जित निकालेको हो । होफेनहमका लागि आन्द्रेज क्रमारिकले एक गोल गरे ।

खेलको ३२औं मिनेटमा बोयटाङले गोल गरेपछि बायर्नले सुरुआती अग्रता बनाएको थियो । ४३औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा क्रमारिकले गोल गर्दै होफनहमलाई पहिलो हाफमा २–१ गोलको अवस्थामा ल्याए ।

५७औं मिेटमा लेवान्डोस्की र ६३औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै बायर्नले तालिकामा सात अङ्कको अग्रता बनाएको छ । उसले १९ खेलमा ४५ अङ्क जोडेको छ । दोस्रो स्थानको आरबी लेइपिजसँग ३८ अङ्क छ । होफनहम भने २२ अङ्कका साथ १२औं स्थानमा छ ।

jackson ribon