birat ribon

इन्टरको शानदार जित, रोनाल्डोको गोलसङ्ख्या नजिक लुकाकु

Neuro
इन्टरको शानदार जित, रोनाल्डोको गोलसङ्ख्या नजिक लुकाकु

विराटनगर । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले शानदार जित दर्ता गरेको छ । शनिबार राति आफ्नै मैदानमा इन्टरले बेनेभेन्टोलाई ४–० गोलान्तरले हराएको हो ।

Padelux insider
cura insider

सान सिरोमा इन्टरले खेलको सातौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो । बेनेभेन्टोका रिकुआर्डो इम्पोर्टाले आफ्नै पोस्टमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ६७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई ३–० गोलको अग्रता दिलाए ।

७८औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४–० गोलले जिताए । बेनेभेन्टोविरुद्ध दुई गोल गरेसँगै लुकाकुले यस सिजनको सिरी ‘ए’मा १४ गोल गरेका छन् । उनी युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा एक गोलले पछि परेका छन् ।

जितसँगै दोस्रो स्थानको इन्टरले २० खेलमा ४४ अङ्क जोडेको छ । बेनेभेन्टो भने २२ अङ्कका साथ १२औं स्थानमा छ ।

jackson ribon