birat ribon

दस खेलाडीमा सीमित रियललाई लेभान्टेले उसैको मैदानमा हरायो

Neuro
दस खेलाडीमा सीमित रियललाई लेभान्टेले उसैको मैदानमा हरायो

विराटनगर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार राति रियल आफ्नै मैदानमा लेभान्टेसँग २–१ गोलले स्तब्ध भएको हो ।

Padelux insider
cura insider

स्टेडियो डी अल्फ्रेडो स्टेफानोमा खेलको नवौं मिनेटमा नै रियल दस खेलाडीमा सीमित भएको थियो । इडर मिलिटाओले रातो कार्ड खाँदै मैनान छोडेका थिए । १३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर ३२औं मिनेटमा जोसे लुइस मारालेस नोगालेसले गोल गर्दै लेभान्टेलाई बराबरीमा फर्काए । ७८औं मिनेटमा रोजर मार्टीले गोल गरेपछि लेभान्टे २–० गोलले विजयी भयो ।

यससँगै लेभान्टे २० खेलमा २६ अङ्क बनाउँदै नवौं स्थानमा उक्लियो । रियल भने ४० अङ्कसहित दोस्रो स्थानमा छ ।

jackson ribon