birat ribon

युभेन्टस शीर्ष तीनमा

Neuro
युभेन्टस शीर्ष तीनमा

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले साम्पोडोरियामाथि २–० गोलको जित दर्ता गरेको हो ।

Padelux insider
cura insider

साम्पाडोरियाको मैदानमा युभेन्टसलाई जिताउन फेडेरिको चिसा र आरोन राम्सेले समान एक–एक गोल गरे । खेलको २०औं मिनेटमा चिसाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको इन्ज्युरी समयमा राम्सेले गोल गर्दै युभेन्टसलाई २–० गोलको जित दिलाए ।

यससँगै युभेन्टस १९ खेलमा ३९ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लियो । साम्पोडोरिया भने २६ अङ्कसहित दसौं स्थानमा छ ।

jackson ribon