birat ribon

जिपी कोइराला फाउन्डेसन प्रदेश १ को अध्यक्षमा शिवाकोटी

Neuro
जिपी कोइराला फाउन्डेसन प्रदेश १ को अध्यक्षमा शिवाकोटी

विराटनगर/नेपाली काङ्ग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जिपी कोइराला फाउन्डेसन प्रदेश नं.१ को अध्यक्षमा शैलेन्द्र शिवाकोटी मनोनीत भएका छन् ।

Padelux insider
cura insider

यसअघि शिवाकोटी फाउन्डेसनको प्रदेश सचिव थिए । शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका वीच नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा फाउन्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले शिवाकोटीलाई फाउन्डेसनको अध्यक्षमा मनोनीत गरेकी हुन् । शिवाकोटीले अब नयाँ कार्यसमिति बनाउनेछन् ।

यससँगै कोइरालाले समाजसेवी निर्मल दुगडलाई फाउन्डेसनको सचिवमा मनोनीत गरेकी छन् । अध्यक्ष शिवाकोटी सामाजिक तथा शैक्षिक जगत्मा चिरपरिचित व्यक्ति हुन् । पारदर्शी र कार्यकौशलतामा पूण शिवाकोटी मनोनीत भएसँगै विराटनगरमा निर्माणाधीन जिपी कोइराला सङ्ग्रहालय भवनले पूर्णता पाउने अपेक्षा गरिएको छ ।

यसअघि फाउन्डेसन अध्यक्ष इन्दिरा थापाको कार्यावधि सकिएसँगै उक्त पद रिक्त रहेको थियो । कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सवैलाई मिलाएर हिँड्न र जिल्ला कमिटीहरूलाई समेत सक्रिय वनाउन आग्रह गरिन् ।

jackson ribon