birat ribon

आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण छ : निधि

Neuro
आर्थिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण छ : निधि

काठमाडौँ/नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताएका छन् ।

Padelux insider
cura insider

नेपाल सहकारी बैङ्कले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैरराजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताए । सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्त्व दिएर नीति निर्माण गर्न नसकेको उनले बताए ।

तीनखम्बे अर्थनीति अवलम्बन गरिए पनि अझै पनि सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम हुन नसकेको उपसभापति निधिको भनाइ छ ।

jackson ribon