birat ribon

पत्रिका बाँड्दा–बाँड्दै बिते पुराना पत्रकार गड्तौला

Neuro
पत्रिका बाँड्दा–बाँड्दै बिते पुराना पत्रकार गड्तौला

विराटनगर/विराटनगरका पुराना पत्रकार पुष्पराज गड्तौलाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ त्रिमूर्ति चोक घर भएका ७१ वर्षीय गड्तौलाको शनिबार बिहान करिब ४ बजे निधन भएको हो ।

Padelux insider
cura insider

विराटनगरका पत्रकार शेखर रेग्मीका अनुसार गड्तौला शुक्रबार दिउँसो पत्रिका बाँड्न निस्किएका थिए । शनिबार बिहान अचानक मृत्यु भएको उनले बताए । रेग्मीलाई गड्तौलाले पत्रकारिता सिकाएका थिए ।

गड्तौलाले पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिक पत्रिका प्रकाशन गर्दै आएका थिए । केही वर्षयता भने उनले पुष्पाञ्जली साप्ताहिक मात्रै प्रकाशित गर्दै आएका थिए ।

उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीका अनुसार गड्तौला २०३७ सालदेखि निरन्तर पत्रकारितामा थिए ।

गड्तौलाले सञ्चालन गरेको पत्रिकामार्फत् अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी, कान्तिपुरले प्रशासन गर्ने साप्ताहिकको तत्कालीन सम्पादक सुवास ढकाल, न्यू सृष्टि दैनिकका सम्पादक शङ्कर खलेर, पत्रकार सरदराज सुवेदी, सन्तोष आचार्यले पत्रकारिताको सुरुवात गरेका थिए ।

४० वर्षयता पत्रकारितामा रहेका गड्तौलाको पत्रकारिता क्षेत्रमा योगदान छ । तर उनी व्यक्तिगत व्यवहार र स्वभावका कारण सधैँ आलोचनाको पात्र बनिरहे । विभिन्न मुद्दा मामिला पनि खेपिरहे ।
व्यक्तिगत स्वभाव जस्तो भए पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा गड्तौलाको योगदान रहेको पत्रकार रेग्मी बताउँछन् । ‘पत्रकारितासँगै गड्तौलाले प्रेस पनि सञ्चालज गर्थे, प्रजातान्त्रिक आन्दोलनका पर्चा पम्प्लेट उनकै प्रेसमा छापिन्थो,’ रेग्मी भन्छन्, ‘अरु डराउँदा गडतौलाले आन्दोलनका लागि चाहिने सामग्री छाप्ने काम रोकेनन् ।’

रेग्मीका अनुसार गड्तौला तत्कालीन अञ्चलाधीसँग पनि डराउँदैन थिए । निडर स्वभावका गड्तौलाले पत्रकार उत्पादन र पत्रकारिताको विकासमा योगदान दिएको उनी बताउँछन् ।

न्यू सृष्टी दैनिकका प्रधानसम्पादक शङ्कर खरेलका अनुसार पञ्चायतकालमा सरकारविरुद्धका समाचार छापेका कारण गड्तौलाले धेरै मुद्दा पनि खेपेका थिए ।

‘पञ्चायतकालमा पत्र–पत्रिका थोरै छापिन्थे,’ उनी भन्छन्, ‘प्रजातान्त्रिक आन्दोलनको पक्षमा उनले कमल चलाए । समचार छापेकै आधारमा मुद्दामामिला पनि खेपे ।’

पत्रकारिता सुरु गर्नुअघि गड्तौला अहेबको रुपमा झापामा काम गरेको पत्रकार रेग्मी बताउँछन् । जागिर छाडेर उनले समीक्षा साप्ताहिक र राष्ट्रिय पुकार साप्ताहिकमा काम गरे । त्यसपछि भने अक्षर जोड्ने प्रेस राखेर आफैँ पत्रिका प्रकाशन गर्न थालेका थिए । गड्तौलाका श्रीमती, दुई छोरा, एक छोरी छन् ।

jackson ribon